काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोली र ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको सेयर किन्ने भएको छ । यसका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा डिम्याट खातासमेत मंगलबार नै खोलिसकेको जनताको जलविद्युतत् कार्यक्रम संयोजन समितिका सदस्य सचिव एचआइडिसिएल सिइओ छविराज पोखरेलले बताए । ऊर्जामन्त्रीले पनि ग्लोबलमै डिम्याट खाता खोलेको उनले जानकारी दिए ।प्रधानमन्त्री र मन्त्री दुवैले बिहीबार बिहान १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अनलाइनमार्फत सेयर आवेदन गर्ने तयारी छ,’ उनले भने । प्रधानमन्त्रीले १० हजार रुपैयाँ बराबरको एक सय कित्ता सेयरका लागि आवेदन गर्ने जानकारी पाएकोसमेत उनले बताए । ‘ऊर्जामन्त्रीज्यूले पनि न्यूनतम १० हजार रुपैयाँकै सेयर आवेदन गर्ने तयारी छ,’ उनले भने । यो समाचार पुष्प कोइरालाले नयाँ पत्रिकामा लेखेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३