कपा सांसद एवं संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णाकुमारी सुवेदीले छोराको निधनपछि एक्लो जीवन बिताउँदै आएकी बुहारी मालती शर्माको छोरीसरह आफ्नै घरबाट अन्माएर अर्को विवाह गरिदिइन् ।
उनको यो नमुना कर्मको सबैतिर सकारात्मक चर्चा मात्र भएन, धेरैले प्रशंसा पनि गरे । पति अच्युतराजको ०७२ वैशाख १२ गतेको भूकम्पमा परी गम्भीर घाइते भएकामा उपचारका क्रममा भारतमा निधन भएपछि मालती विक्षिप्तजस्तै थिइन् । अच्युत सुवेदीका जेठा छोरा हुन् । गृहजिल्ला बाँकेमै रहेर निर्माण व्यवसायमा सक्रिय अच्युत कामको सिलसिलामा काठमाण्डु आएका बेला कलंकीको एक गेष्ट हाउसमा बसेका थिए । त्यही बेला भूकम्प आयो । उनी बसेको गेष्ट हाउस भत्कियो । गेष्ट हाउसको भग्नावशेषमा परेर गम्भीर घाइते उनको उपचारका लागि परिवारले हरसम्भव प्रयास ग¥यो । अन्ततः उनको दिल्लीमा उपचारकै सिलसिलामा निधन भयो । श्रीमानको निधनपछि एक्लो महसुस गरिरहेकी मालतीले केही समयपछि अच्युतको व्यवसाय सम्हाल्न थालिन् । त्यहीबीच सासु÷ससुराले नै उनको विवाह गरिदिने कुरा गरे । मालती आफैंले केटा खोजिन् । सुवेदी परिवारले परम्पराअनुसार घरमै टीकाटाला गरेर मालतीले मन पराएका नेपालगञ्जका सुधीर गौतमलाई उनको जिम्मा लगायो । अच्युतराजतिरका दुई नाबालक छोरा (बेदान्त र सिद्धान्त) छन् । उनीहरु काठमाण्डुमा हजुरआमा (पूर्णा) सँगै बसेर पढिरहेका छन् । नेपालगञ्जलाई कर्मथलो बनाएर निर्माण व्यवसायमा सक्रिय मालती काठमाण्डु आउँदा छोराहरुसँगै सासुको डेरामा बस्छिन् ।
सुवेदी परिवारले माग्यो मालतीसँग अंश
पूर्णकुमारीका दुई छोरा हुन्, जेठा अच्युत र कान्छा सुरेन्द्र । सुरेन्द्र खासै केही काम गर्दैनन् । अच्युतले निर्माण व्यवसायबाट राम्रै आम्दानी गरिरहेका थिए । उनकै कमाइमा रमाएको थियो सुवेदी परिवार । बुहारीलाई छोरीका रुपमा अन्माएर पठाएको सुवेदी परिवारमा अहिले भने किचलो मच्चिएको छ । मालतीको विवाह गर्दा उनीहरुबीच अर्को विवाह गरे पनि पूरानो पारिवारिक सम्बन्ध कायमै रहने सहमति थियो । तर, केही महिनामै सहमति तोडियो सुवेदी परिवारका तर्फबाट । कारण हो, अंशमुद्दा । पूर्णका कान्छा छोरा सुरेन्द्रले पूर्वभाउजु (मालती) विरुद्ध बाँके जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका छन् । आफूविरुद्ध मुद्दा दायर भएपछि मालती तनावमा छिन् । दिवंगत दाजुका दुई सन्तानको भरणपोषण र दिक्षादिक्षा आफूहरुले गरिरहेकाले त्यसका लागि मालतीले अंश दिनुपर्ने दाबी रिट निवेदक सुरेन्द्रको छ । स्रोतका अनुसार सांसद सुवेदीले नै मालतीविरुद्ध मुद्दा दायर गर्न लगाएकी छन् । मालती भने छोराहरुको भरणपोषण र शिक्षाको जिम्मेवारी आफैं लिने तर, अंशका नाममा आफ्नो स्वामित्वमा भएको सम्पत्ति पूर्वपतिका परिवारलाई नदिने अडानमा छिन् उनी ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३