सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्किएर दुईजनाको मृत्यु भएको छ ।
जुम्लाका सन्डुप लामा र दोलखाका भाइकाजी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीले जानकारी दिए ।
उनीहरु भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनाका मजुदुर हुन् । उनीहरुको भान्सामा ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ ।
ग्यास पड्किएको ठाउँमा वर्षा भइरहेको छ । प्रहरी टोली घटनास्थलतर्फ गएको एसपी मरासिनीले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३