काठमाडौं – नेपाल वायु सेना निगमको जहाजबाट दुबई जाने क्रममा रहेको ५१ जना यात्रु एकाएक फिर्ता भएपछि प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।सोमबार बेलुकी नेपाल वायु सेवा निगमको आरए २२९ नम्बरको उडानबाट दुबई जाने टिकट काटेका यात्रुलाई विमानस्थलको अध्यागमन कार्यालयले आवश्यक कागजात नपुगको भन्दै सोधपुछ सुरु गरेपछि नेपाल वायु सेवा निगमको विमानस्थल कार्यालयले बोडिङपास दिएका ५१ जनाको पास फिर्ता लिएपछि प्रहरीले उक्त घटनाका बारेमा छानबिन सुरु गरेको छ । यो समाचार दीपक रिजालले नेपाल समाचारपत्रमा लेखेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७