भारतको राजधानी दिल्लीमा एक १० वर्षीया बालिकालाई आफ्नै दाईले एक वर्षसम्म बलात्कार गरेको घटना बाहिर आएको छ ।
बालिकाले यो सबै घटनाको जानकारी आमालाई दिन्थिन् तर आमाले छोरालाई सम्झाउनुको साटो छोरीलाई कुरा गोप्य राख्नको लागि सम्झाउने गरेको आजतकले लेखेको छ । दिल्लीमा प्रहरीले विद्यालयहरुमा एक कार्यक्रम सञ्चालन गरेको थियो ।
त्यसैक्रममा उनीहरु एक सरकारी स्कुलमा गए । त्यहाँको कक्षा ४ मा अध्ययनरत एक छात्राले आफूमाथि भइरहेको घटनाबारे एउटा पत्रमा लेखेर ‘लेटरबक्स’मा राखिदिइन् । पत्रमा दाईले आफूमाथि १ वर्षदेखि लगातार गर्दै आएको बलात्कारको बारेमा उल्लेख गरिएको थियो । पत्र पढेपछि प्रहरीले अहिले यो घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३