सशस्त्र प्रहरी बलका हवल्दार मृत फेला परेका छन्।
तनहुँ घर भएका वरिष्ठ हवल्दार साराबहादुर विक बुधबार बिहान कीर्तिपुर त्रिभुवन विश्वविद्यालयको आयुर्वेदिक क्याम्पसनजिक मृत फेला परेका हुन्। उनी १५ नम्बर गण कालीञ्चोकमा कार्यरत थिए।
बिहान पौने ६ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ। सडकबाट केही तल घिस्रिएर ढलेको उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको कीर्तिपुर प्रहरीले जनाएको छ।
विक मुटुरोगी रहेको प्रहरीले जनाएको छ। उनको शरीरमा कुनै चोटपटक नरहेको प्रहरीले जनायो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७