डाक्टर श्रीमानबाट निर्घात पिटिएकी वीरगञ्ज महानगरपालिका-२० की सुनिता यादवको मृत्यु भएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत् ३६ वर्षीया यादवको शुक्रबार मृत्यु भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बताए।
उनका अनुसार श्रीमानको कुटाइबाट शरीरभरि र टाउकोमा समेत चोटपटक लागेकी यादवलाई सुरूमा नारायणी उपक्षेत्रीय अस्पताल हुँदै वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि चैत १२ गते शिक्षण अस्पताल ल्याइएको थियो।
यादवलाई डाक्टर सोमबार ल्याएको हो। यादवलाई चैत ६ गते श्रीमानले कुटपिट गरेका थिए। कुटपिट गर्ने डाक्टर सचितानन्द यादवलाई गत शुक्रबार पर्सा प्रहरीले पक्राउ गरिसकेको छ। यादव गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्।
निर्घात पिटिएकी सुनितालाई आइसियुमा राखी उपचार थालिएको थियो। सुनिता सचितानन्दकी जेठी श्रीमती हुन्। सुनिताबाट सन्तान नभएपछि डाक्टरले कान्छी श्रीमती भित्र्याएका थिए। कान्छी श्रीमती ल्याएपछि सुनिता र सचितानन्दबीच सम्बन्ध बिग्रेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३