काठमाडौं– आराध्या सुमनले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने जति रकम बारा–पर्सामा आएको हावाहुरीका पीडितलाई दिने भएकी छिन् । १० वर्षीया आराध्याको जन्मदिन बुधवार रहेको छ
जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा आफ्नै नामबाट जम्मा गर्ने आराध्याका बुवा मनिष सुमनले बताए । मनिष सुमन राजपा नेपालका महासचिव तथा प्रदेश सांसद हुन् ।
आराध्याको जन्म दिनको उपलक्ष्यमा १९–२० हजार खर्च हुन्छ । त्यो रकममा थप गरेर २१ हजार रुपियाँ बुधवार जम्मा गर्ने सुमनले बताए । आराध्याले नै यसपटक बर्थ डे नमनाउने, देशमा यस्तो घटना भएको छ, यस अवस्थामा कसरी बर्थ डे मनाउनु बरु त्यसमा खर्च हुन रकम पीडित परिवारलाई सहयोग गरौ भनि भनेपछि जन्मदिनको दिन कोषको खातामा रकम जम्मा गर्ने सुमनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७