काठमाडौं । के चार वर्षअघिको विनाशकारी भूकम्पले विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ घटेको हो ? प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यो प्रश्नले सताएको रहेछ । बुधवार विहान सगरमाथाको उचाइ मापन गर्न जाने सरकारी टोलीलाई बिदाइ गर्ने क्रममा प्रधानमन्त्रीले आफूलाई भने पत्यार नलागेको सुनाए ।
प्रधानमन्त्री निवास बालुवाटारबाट नापी विभागको टोली विदाइ गर्दै उनले भने-भूकम्पले सगरमाथाको उचाइ घटेको भन्ने छ । तर मलाई भरपर्दो लागेन । केही समयअघि ८,८५० मिटर पुग्यो भन्ने पनि आयो । त्यही आसपासमा होला, घटेको हुनु नपर्ने हो ।प्रधानमन्त्री ओलीले विदेशीहरुले विभिन्न समयमा फरक-फरक उचाइ पेश गरे पनि आफूलाई भने विश्वास नलागेको बताउँदै विश्वको सर्वोच्च शिखर र नेपालको गौरव भएकाले यथार्थ उचाइ सार्वजनिक गरिने बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३