भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठूलो दुर्घटनाबाट बचेको छ ।
जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाण्डुबाट दिल्लीका लागि एक सय ८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर चालकले बेलैमा चाल पाएकाले दुर्घटना ट–यो । विमान ‘टेकअफ’ गर्न लाग्दा पाइलटले तेल नभएको चाल पाएपछि आकस्मिक रुपमा जहाजलाई ‘रनवे’ बाट घुमाएर पार्किङ स्थलमा लगेका थिए । अपराह्न ३ बजेर ५० मिनेटमा दिल्ली उडान भर्ने क्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुनः जहाजलाई ‘रनवे’ बाट पार्किङमा फर्काइएको थियो । नागरिक दैनिकबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७