उनका अनुसार बुधबार कार्यालय समयभित्रै नेपाल नागरिक उड्ययन प्राधिकरणमार्फत पत्र पठाइएको छ । ‘हामीले यथाशिघ्र जवाफ दिनू भनि पत्र पठाइसकेका छौं, सम्भवतः आजै वा भोलि बिहानसम्म जवाफ आइपुग्ला’, उनले भने ।
मंगलबार राति विमानस्थल बन्द भएको १७ मिनेटपछि पनि फ्लाई दुबईलाई उडान अनुमति दिएको समाचार थियो ।
जबकी एक साता अगाडि विमानस्थल प्रशासनले यही नियम देखाएर जम्मा ४ मिनेट ढिला भएको नेपाल एयरलाइन्सको फ्लाइट नम्बर आरए २३१ को दुबई उडान रोकेको थियो । २७४ जना यात्रुसहित दुबई उड्न लागेको नेपाल एयरलाइन्सको ए-३३०-२२० वाइडबडी विमानलाई विमानस्थल प्रशासनले रोकेको समाचार बाहिर आएपछि चौतर्फी बिरोध भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम चलिरहेकाले हाल राति १० बजेपछि उडान अवतरण बन्द गर्ने गरिएको छ । नोटाम लागू भएको अवस्थामा विमानस्थलमा उडान-अवतरण गर्न पाईंदैन ।
उस्तै घटनामा विमानस्थल प्रशासनले फ्लाइ दुबईलाई उडान अनुमति दिएपछि यो विषय मन्त्रालयसम्म पुगेको छ ।
अब क्षेत्रीको जवाफअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक निर्देशन दिइने मन्त्रालयका प्रवक्ता उपाध्यायले बताए । विमानस्थलले भने नेपाल एयरलाइन्स रोकिएको घटनाका कारण यात्रु अलपत्र परेकाले त्यस्तो अवस्था नआओस् भनेर उड्न दिइएको दाबी गरेको छ ।