११ साउन, काठमाडौं – टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ ।
अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ ।
कुवेतले दिएको १४२ बलको लक्ष्य नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा पारस खड्काले कप्तानी पारी खेले । उनले ४२ बलमा ११ चौका र एक छक्काको मद्दतमा ६८ रन बनाए । शरद भेषावकरले नटआउट ३८ रन जोडे ।
बलिङतर्फ कुवेतका कप्तान मोहम्मद शासिफले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका मोहम्मद शासिफले ४९ रन जोडे ।
नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए भने करण केसीको नाममा एक विकेट रहृयो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३