१२ साउन, काठमाडौं – सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै रहृयो । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ ।
१९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए ।
उनी दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । तर त्यसपछि नेपाल सम्हालिन सकेन । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।
नेपालका लागि अभिनास बोहराले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३५ रन खर्चेर चार विकेट लिए । करण केसीले २ विकेट लिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७