८ भदौ, काठमाडौं – नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । दुवै प्रकारका सुनको मूल्यमा आईतबार प्रतितोला १२ सय रुपैयाँले बढोत्तरी भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आईतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७२ हजार ५ सय र तेजाबी सुनको प्रतितोला मूल्य ७२ हजार २ सय तोकेको छ । गत शुक्रबार ७१ हजार तीन सयमा छापावाल र ७१ हजार प्रतितोलामा तेजावी सुनको कारोबार भएको थियो ।
आइतबार सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ८५० कायम भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
अमेरिका इरानबीचकेा बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तराष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको बज्राचार्य बताउँछन् ।
अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको हो । विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भईरहन सक्ने बज्रचार्य बताउँछन् ।
मूल्य आकासिएपछि पुराना सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसयीहरुको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३