२० पुस, काठमाडौं – कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
नाइजेरियन र भारतीय नागरिकसँग मिली नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँ भन्दा बढी रकम ह्याक गरी विदेश लैजान सहयोग गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका २ घर भएका नेपाललाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम निकाली ठगी गरेको घटनामा ह्याकिङ गरी एक करोड रुपैयाँसहित फरार रहेका प्रहरीको भनाइ छ । उनलाई अपराध महाशाखाले काठमाडौं प्रहरी परिसरमा पठाएको प्रवक्ता मुकेशकुमार सिंहले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३