काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधारको संकेत देखिएको छ । परिसूचकमा साताको पहिलो दिन आईतवार १४ दशमलव ५४ अंकले बढेर १ हजार १ सय ८० दशमलव ७६ अंकमा कायम भएको छ ।
आज धेरै कारोबार गर्नेमा शिवम् सिमेन्टस रहेको छ । जसको कारोबार पाँच करोड ६२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । जसको कारोबार चार करोड ३४ लाख रुपियाँ बराबरको भएको छ । त्यस्तै, आज माइक्रोफायनान्स समूहको सूचक दुई प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक र बैंकिङ समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ । बँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैकोे सुभारले सेयर बजारमा हरीयाली छाएको छ ।
त्यस्तै, आज धेरै फाइदा खानेमा बोमी माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलव ९३ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा नेपाल फाइनानसका लगानीकर्ता रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३