ललितपुर – ललितपुरको लेले सामुदायिक वनमा युवतीको नग्न अवस्थामा शव भेटिएको छ । शवको सनाखत हुन सकेको छैन ।
ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले हुलियाको आधारमा शवको पहिचान खुलाउने प्रयास भइरहेको बताए । उनले भने, ‘मंगलोलियन अनुहारको अन्दाजी २२/२५ वर्षको महिलाको शव छ ।
अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझासहितको टोली पुगेको छ ।
शवमा निलडाम देखिएको प्रहरीको भनाइ छ । यद्यपि, जबरजस्ती करणी वा करणीको प्रयास भएको हुनसक्ने कुनै संकेत भेटिएको छैन ।
शवलाई पाटन अस्पतालमा लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको छ । प्रहरीले पोस्टमार्टम प्रतिवेदनबाट मृत्युको कारण खुल्ने बताएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३