काठमाडौं – विराटनगरका समाजसेवी बद्री पहाडीले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि एक करोड आर्थिक सहयोग गरेका छन् ।
घोषणा गरेको रकम भवन निर्माणको काम सुरु भएपछि खातामा जम्मा गरिदिने पहाडीले बताएका छन् । यो रकम पहाडी परिवारका तर्फबाटै घोषणा गरिएको हो । बद्री मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीका बुवा हुन् ।
पहाडी परिवारले यस वर्ष मात्रै विभिन्न संघसंस्था र निकायलाई एक करोड ३२ लाख नगद र जग्गासहित करिब दुई करोड सहयोग प्रदान गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३