काठमाडौं – हुवे प्रान्तबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको नयाँ केस देखिने दर चीनमा भन्दा दक्षिण कोरिया र इरानमा बढी छ । दक्षिण कोरियामा ५९९ र इरानमा ५२३ जनामा कोरोनाको नयाँ केस देखिएको छ ।
जबकी पछिल्लो पटक चीनमा २०२ जनामा यो संकेत देखिएको हो ।
दक्षिण कोरियामा सोमबार अपरान्हसम्म ४ हजार ३३५ जनामा कोभिड–१९ को संकेत देखिएको छ । दक्षिण कोरिया चीनपछि सबैभन्दा बढी यो भाइरस संक्रमित देश बन्न पुगेको छ ।
दक्षिण कोरियामा अहिलेसम्म २६ जनाको ज्यान गइसकेको छ । २७ जना विरामी गम्भिर छन् । ३० जनाले भने स्वास्थ्य लाभ गरिसकेका छन् ।
इरानमा १ हजार ५०१ जनामा यो भाइरसको संकेत देखिएको छ भने ६६ जनाको मृत्यु भइसकेको छ ।
७० देशका ९० हजारमा कोरोना
चीन, दक्षिण कोरिया र इरानमा गरेर कुल १ हजार ३९१ नयाँ केस देखिएको हो । गत डिसेम्बरबाट ७० देशमा फैलिएको कोरानाको संकेत कुल ९० हजारमा देखिएको छ । जसमध्ये ८० हजार भन्दा बढी चीनका छन् ।
यसको संकेत देखा परेका मध्ये आधा भन्दा बढी अर्थात करिब ४६ हजार जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । ७ हजार ३७५ जना भने गम्भिर छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३