काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका लागि नेपाली राजदूतबाट फिर्ता बोलाइएका लीलामणि पौडेलको कार्यसम्पादन र निष्ठामा सरकारले प्रश्न नउठाएको बताएका छन् ।
सरकारले आइतबार मात्र पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो भने नयाँ राजदूतमा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ ।
परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले कर्मचारीतन्त्रमा सफल र निष्ठावान पौडेलको कार्यसम्पादन र निष्ठामा प्रश्न नउठाएको बताए । उनले भने, ‘उच्च राजनीतिक तहबाट प्रतिनिधित्व गराउँदा राजनीतिक प्रश्नमा डिल गराउन सहज हुन्छ भन्ने सरकारको बुझाइ हो ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७