वीरगञ्ज – पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् ।
फौजदारलाई आइतबार बिहान २ बजे बारागढी गाउँपालिका–६, गडहलस्थित उनकै निवासबाट पक्राउ गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
फौजदारलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई उनका समर्थकले अवरोध गर्ने प्रयास गरेका थिए । त्यसक्रममा ४ राउन्ड हवाई फायर गर्नु परेको प्रहरी उपरीक्षक पंगेनीले बताए ।
एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थायो । शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) मा संलग्न कुन्दन नेतृत्वको टोलीले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको आरोप लाग्दै आएकाे छ ।
फौजदारसम्बन्धी मुद्दा मुल्तवीमा रहेकाले उनलाई अदालतमा बुझाइने इलाका प्रहरी कार्यालय, सिमराका डीएसपी गोविन्द पुरीले जानकारी दिए ।
बारामा क्रियाशील पत्रकार साहका हत्या आरोपी फौजदार १२ वर्षदेखि फरार थिए । राजनीतिक पहुँचकै आधारमा उनीहरूमाथि कारबाही नभएको टिप्पणी हुँदै आएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३