काठमाडौं – ट्राफिक प्रहरीलाई पैसा दिएर फुत्किन खोज्ने एकजना पक्राउ परेका छन् । ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उक्त कार चालक श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए ।
पक्राउ परेका उनी सवारी साधनसहित महानगरीय प्रहरी वृत्त, कालिमाटी थप अनुसन्धानको लागि बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३