काठमाडौं – ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी दुई विक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गराएको छ ।
सत्याल एण्ड किराना पसल टिकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार जनही दुई लाखका दरले जरीवाना गएकिो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागको अनुगमनका क्रममा सत्याल एण्ड किरानाले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ ।
यस्तै मैतिदेवी पेट्रोलियम सप्लायर्स मैतिदेवीले कृत्रिम अभाव देखाएर इन्धन भण्डारण गरेको विभागले फेला परेको थियो ।
बुधबार विभागको टोलीले १० वटा र्फम तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरीवाना गराइएको विभागले जनाएको छ ।
कुनैपनि वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, तोकिए भन्दा अधिकतम् मूल्य लिने काम कुनै पनि व्यपारीक र्फमहरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ । उपभोक्ताले ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सकिनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३