काठमाडौं – कोरोना संक्रमण देखिएकी युवतीका परिवारलाई नै क्वारेन्टाइनमा राखिएको छ।
फ्रान्सबाट चैत ४ मा कतार हुँदै काठमाडौं आएकी ती युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि परिवारलाई नै क्वारेन्टाइनमा राखिएको हो। होम क्वारेन्टाइनमा बसेको अवस्थामा ती १९ वर्षीया युवतीलाई कोरोना भाइरस (कोभिड-१९) देखिएसँगै उनका परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको हो।
सरकारले आइतवार मात्रै कोरोनाको सम्भावित संक्रमणबाट उत्पनन्न हुने जटिल परिस्थितिलाई ध्यान दिँदै काठमाडौं उपत्यकामा ५ हजार क्षमताको क्वारेन्टाइन बनाउने जनाएको थियो। नेपालमा यसअघि एकजना युवकलाई कोरोना देखिएको थियो। तर एक महिना अघि नै उपचारपछि उनी ठीक भइसकेका छन्। कोरोना भएको भनिएका वीरगञ्जका एक व्यापारीको भने रिपोर्ट नेगेटिभ आएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७