काठमाडौं – सरकारले आजदेखि जारी गरेको नेपाल लकडाउन उल्लङघन गर्दै सडकमा निस्कने १० जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनका विभिन्न क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख नान्तिराज गुरुङले जानकारी दिए । उनले सरकारको निर्देशन अबज्ञा गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिए ।
सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आज बिहानदेखि देशभर लक डाउन गरेको हो । तर चोक–चोकमा मानिस निस्किएर रमिता हेर्न छाडेका छैनन् । उनीहरुलाई प्रहरीले सम्झाउनु परिरहेको छ । बाटो बन्द छ। बजार बन्द छन् । तर मानिसहरु प्रहरीको आँखा छलेर सडकमा निस्किन्छन् । प्रहरी देख्नासाथ उनीहरु भाग्छन् । प्रहरी हिँडेपछि फेरि सडकमै निस्किन्छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३