काठमाडौं – मुलुक लकडाउन अवधिसम्मका लागि काटिएका आन्तरिक हवाइ सेवाका टिकटको टिकट निःशुल्क फिर्ता गर्न सकिने भएको छ। वायुसेवा कम्पनीहरुले निः शुल्क काटेकै मूलयमा टिकट फिर्ता गर्ने बताएका छन् ।
बुद्ध एयरले टिकट रिसेड्युल तथा टिकट फिर्ता लिन सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क राख्न आग्रह गरेको छ । समिट एयरले समेत टिकट फिर्ता वा सार्न सकिने बताएको छ । यति एयरलाइन्सले समेत अवधिको टिकट फिर्ता वा सार्न सकिने बताएको छ ।
नेपाल सरकारले साताव्यापी लकडाउन घोषणा गरेसँगै आन्तरिक हवाई उडान पूर्णतया बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान एक साताका लागि बन्द गरिएको जानकारी दिएको छ । यसअघि सरकारले लामो दूरीका सवारी साधन मात्र रोक्ने भने पनि हवाइ उडान रोक्ने निर्णय गरेको थिएन ।
तर, लकडाउन घोषणापछि भने सबै हवाइ सेवा बन्द भएको हो । वायुसेवा कम्पनीहरुले समेत सार्वजनिक सूचना जारी गर्दै १८ चैतसम्म सबै उडान बन्द भएको जानकारी गराएका छन् । यससँगै काठमाडौंबाट हुने दैनिक ३ सय आन्तरिक उडान अवतरण ठप्प भएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३