काठमाडौँ – कोरोना संक्रमण (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेका बेला काठमाडौँ उपत्यकाका केही घरधनीले दैनिक ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने अवस्थाका डेरावाललाई घरबाहिर निस्कन रोक लगाएको पाइएको छ ।
काममा गए घरै छाडेर जान धम्की दिन थालेपछि डेरामा बस्ने मजदुरमा परिवार भोकभोकै मर्नुपर्ने अवस्था आउने देखिएपछि त्यसबारे सरकारले मुख खोलेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति नै जारी गरेर घरधनीहरुलाई दैनिक ज्याला मजदुरी गर्ने डेरावललाई काममा जानबाट नरोक्न भनेको हो ।
मन्त्रालयले अत्यावश्यकीय वस्तु तथा सेवाको उत्पादन, ढुवानी र वितरणमा संलग्न श्रमिकलाई काममा जानबाट नरोक्न आग्रह गरेको छ । मन्त्रालयले उद्योगी व्यवसायीलाई समेत त्यस्ता सेवामा काम गरिरहेका श्रमिकहरुमा संक्रमण हुन नदिन तोकिएको मापदण्डअनुसार सुरक्षा उपाय अबलम्बन गर्न पनि उद्योगी व्यवसायीलाई भनेको छ ।
‘श्रमिक तथा अन्य जो कोही जनशक्तिले संकटको यस घडीमा आफ्नो सुरक्षाको समेत ख्याल गर्दै पेशागत जिम्मेवारी, नैतिकता र इमानदारिताको पूर्ण पालना पर्ने हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३