एजेन्सी – ७६ दिनको लकडाउनपछि चीनको वुआन शहर खुलेको छ । हुबई प्रान्तको राजधानी वुआन कोरोना भाइरस पहिलोपटक पत्ता लागेको शहर हो । जहाँ साँढे दुई महिनाको लकडाउनपछि मानिसहरु घरबाहिर निस्किएर नियमित गतिविधिमा लागेका छन् ।
वुआन पुनः शुरु भएपछि त्यहाँका बासिन्दा निकै खुशी भएको ग्लोबल टाइम्सले जनाएको छ । कतिपयले यसलाई ठूलो जित मानेका छन् । केटाकेटीहरु खेल्नका लागि घरबाहिर निस्केका छन् ।
२३ जनवरीमा महामारी रोकथामका लागि वुआनमा लकडाउन गरिएको थियो । रेलहरु पुनः संचालनमा आएका छन् । आज नै ३० प्रतिशत रेल सेवा शुरु भएको छ । अझैपनि महामारीको खतरा भएकाले विस्तारै नियमित सेवा बढाउँदै लाने बताइएको छ ।
वुआनमा रहेकाहरु बाहिर जान थालेका छन् । लकडाउनले रोकिएकाहरु पनि निस्कन थालेका छन् ।
आज नै २ सय फ्लाइट संचालनमा आएको छ । सडक र रेल्वे संचालनमा आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३