काठमाडौं – नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि नेपाली मुद्रा कमजोर भएको हो ।
शुक्रबार एक अमेरिकी डलरको खरिद मूल्य १ सय २२ रुपैयाँ ६८ पैसा । बिक्री मूल्य १ सय २३ रुपैयाँ २८ पैसा तोकेको छ । यो हालसम्म कै उच्च मूल्य कायम भएको हो ।
बिहीबार डलरको खरिद मूल्य एक सय २२ रुपैयाँ १ पैसा र बिक्री मूल्य एक सय २२ रुपैयाँ ६१ पैसा कायम भएको थियो ।
भारतीय रुपियाँ कमजोर भएसँगै डलर महंगिएको हो । नेपाली रुपैयाँको डलरसँग प्रत्यक्ष विनिमय दर निर्धारण हुँदैन । भारतीय रुपियाँसँगको स्थिर विनिमय दरका कारण भारतीय रुपियाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३