काठमाडौं – कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित १९ वर्षीय युवती आज पूर्ण स्वस्थ भई घर फर्किएकी छिन् । उपचारको २७ दिनपछि पूर्ण रूपमा स्वस्थ भएर ती युवती आज (शनिबार) घर फर्किएकी छिन्। उनी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले जनाएअनुसार ती युवती आज पूर्ण स्वस्थ भई घर फर्किएकी हुन् । गत चैत ४ गतेफ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोना पुष्टि भएपछि गत चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन्। उनी गत चैत ९ गते टेकु अस्पताल भर्ना भएकी थिईन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सूर्य थापाले निको भएर घर फर्किएकी ती युवतीको तस्विर आफ्नो फेशबुकमा राख्दै लेखेका छन्, -“गुड न्युज ! उहाँ २७ दिनपछि पूर्ण निकाे भएर डिस्चार्जहुनुभयाे । बधाई छ । नेपालले काेराेना संक्रमणलाई जित्दै गरेकाे एक उदाहरण !!”
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७