बेलायत सरकारले कारोना भाइरस विरुद्दको भ्याक्सिन (खोप) मानिसमा परीक्षण गर्ने तयारी गरेको छ । त्यहाँका स्वास्थ्य सचिव म्याट ह्यान्ककले मंगलबार सो कुराको जानकारी दिएका हुन् । उनले कोभिड–१९ विरुद्दको भ्याक्सिन बनाउन सरकारले सम्पूर्ण प्रयास जारी राखेको बताए ।
मिडियाकर्मीहरुसँगको ब्रिफिङमा स्वास्थ्य सचिवले भने, ‘बेलायतले भ्याक्सिनको पत्ता लगाउने खोजमा बेलायतले अरु देशले भन्दा बढी पैसा लागी गरिरहेको छ ।’ उनले खोप परीक्षणको काम अघि बढिरहेको बताउँदै त्यसको प्रगति पनि तिव्र गतिमा भैरहेको बताए ।
उनले भने, ‘अक्सफोर्ड र इम्पिरियल कलेज लन्डनमा यसको काम भैरहेको छ र तिव्र प्रगति पनि भैरहेको छ । यो खोपको परीक्षण मानिसहरुमा बिहिबारबाट सुरु हुनेछ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३