काठमाडौं – पूर्वसचिव भीम उपाध्यायलाई पाँच वर्ष कैद गर्न माग गर्दै मुद्दा दर्ता गरिएको छ ।
सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको आरोपमा पक्राउ गरिएका उनलाई सरकारी वकिलको कार्यालयले आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको हो ।
पूर्वसचिव उपाध्यायमाथि पाँच वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
उपाध्यायलाई सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको आरोपमा प्रहरीले बुधबार पक्रेको थियो ।
सरकारको आलोचना गरेकै आधारमा उनलाई पक्रेर यसरी मुद्दा लगाइएकामा सरकारको सर्वत्र आलोचना भइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३