पाल्पा – कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनमा ताजा तरकारी घरघरै पुर्याएर बिक्री गर्ने कार्य पाल्पाको तानसेन युवा परिषदले हाललाई स्थगित गरेको छ ।
किसानको बारीबाट तरकारी उठाउने र उपभोक्ताको घरघरमा पुर्याएर सेवा दिने भएका कारण स्थानियबासीले कार्यक्रम रुचाएका थिए ।
परिषदले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला आपूर्ति समितिले छिमेकी जिल्लाबाट तरकारी ल्याउन खुल्ला गर्ने निर्णय गरेपछि कृषि भ्यान – घरदैलो सेवा हाललाई स्थगित गर्न बाध्य भएको जानकारी दिएको छ । उपभोक्ता र किसानको हित विपरितको निर्णय भएतापनि कानुनका पक्षपाती भएकाले उल्लंघन गर्ने दुस्साहस नगरेको परिषदको जिकिर छ । बन्दाबन्दीका बेला आपूर्ति समितिले गरेको निर्णयले सिंगो पाल्पाली उपभोक्ता र श्रमजीवी किसानको सहज वातावरणमा जीवनयापन गर्न पाउने नागरिक अधिकारमाथि नै ठाडो हस्तक्षेप गरेको परिषदको आरोप छ ।
कृषि भ्यानमार्फत घरघरै तरकारीको कार्यक्रम आउने दिनमा अवश्य लागू हुने पनि परिषदको विश्वास छ । ताजा तरकारी किसानकै मूल्यमा बिक्री गर्ने भएका कारण पनि यस कार्यक्रमबाट स्थानियबासी निकै खुसी थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३