उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक जनाले क्वारेन्टाइनमै आत्महत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा विगत सात दिनदेखि बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्।
प्रेम विवाह गरेर केटि भगायर काठमाडौं पुगेका विक बैशाख ११ गते घर फर्किएपछि श्रीमतीसहित क्वारेन्टाइनमा बस्न पुगेका थिए । श्रीमतीसँग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसकेपछि सलमा पासो लागि आत्महत्या गरेको प्रहरीले जनाएको छ। आत्महत्या गर्नुको कारण खुलेको छैन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७