बिगेन तुलाधर, काठमाडौँ – काठमाडौँको मखनमा स्थानीयले राहत बाड्न नदिएको भन्दै समाजसेवीले दुख व्यक्त गरेका छन् । आफुहरुले दुखीको पेट भोको नहोसभन्दै नियमित खाना बाड्ने गरेको तर केही दिनदेखी स्थानीयले राहत बितरणमा अवरोध गरेको उनीहरुको गुनासो रहेको छ ।
चोरीको संख्यमा वृद्धि भएको भन्दै स्थानीयले राहत वितरणमा अवरोध गरेको व्यापारी तथा समाजसेवी कोमल अग्रवालले बताए । स्वयम्भु र पशुपति क्षेत्रका बादरहरुलाई खाना वितरण गर्ने गरेको भएपनि हाल स्थानीयकै अवरोधका कारण सो कार्य रोकिएको पनि उनले जानकारी दिए ।
अनावश्यक भिड बढेकाले, केहि नियन्त्तण गरी व्यवस्थित रुपले राहत वितरण गर्न मात्र खोजेको र राहत वितरणमा कुनै रोकावट गर्ने उद्देश्यमा स्थानीय नरहेको मखन क्लवका अनुप श्रेष्ठले बताए । अनावश्यक मानिसको जमघटले चोरीको घटनाक्रम बढेको पनि उनको गुनासो छ ।
राहत वितरणमा अवरोध भएको कुरा आफ्नो जानकारीमा नआएको र राहत वितरणको कार्य वडा कार्यालयमार्फत भएमा कुनै अवरोध नहुने विशालबजारस्थित जनसेवाका डि.एस.पी. सुनिल जङ्ग शाहले बताए ।
लकडाउनकै समयमा विभिन्न संघ सस्थाले राहत वितरणको कार्य गरिरहेको छ । कोहि पनि भोको पेट नरहुन भन्दै युवाहरु राहत वितरणमा सक्रियरुपमा लागेको छन् ।
बन्दाबन्दीको समयमा रगत अभाव भएको जानकारी पाएपछि स्थानीयहरुकै सक्रियतामा उग्रतारा टोल सुधार समितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । छोटो अवधिमै पनि स्थानीयको सक्रियतामा ४० भन्दाबढिले रक्तदान गरेको समितिले जानकारी दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३