ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख एक हजार १४७ पुगेका हुन् । साथै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या सात हजार नाघिसकेको छ ।
पछिल्लो समय ब्राजिलमा कोरोना भाइरस महामारी निरन्तर बढिरहेको भए पनि राष्ट्रपति जेयर बोल्सोनारो लकडाउनको विरुद्धमा देखिँदै आएका छन् । आइतबार उनले अहिले ब्राजिलका केही राज्यले लगाएको लकडाउनको कारण धेरै रोजगारी गुमेको बताउँदै यस्तो नियम गैर जिम्मेवारी र अस्वीकार्य रहेको बताएका थिए । उनले कोरोना भाइरसबाट केही मानिसहरुको मृत्यु हुँदैमा लकडाउन गरेर अर्थतन्त्रलाई भार थप्न नहुने बताउँदै आएका छन् ।
चीनको वुहानबाट निस्किएको कोरोना भाइरसका संक्रमितको संख्या अझै केही सातासम्म बढ्ने विशेषज्ञहरुले बताइका छन् । ब्राजिलसहितका केही छिमेकी मुलुकमा पनि कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेको भन्दै विज्ञहरुले आशंका व्यक्त गरेका छन् ।
स्रोत : बीबीसी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३