काठमाडौं – आइतबारदेखि लगातार गरेको वर्षाका कारण पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। मुग्लिन–नारायणगढ सडक अन्तरगत पर्ने इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।
पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। निरन्तर वर्षा भैरहेको कारण पहिरो हटाउने कार्य सुरु गर्न नसकिएको मुग्लिन प्रहरीले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७