काठमाडौं – कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन संकेत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको छ । तर अहिले नै क्षेत्रगत लकडाउनमा जाने बेला भयो र भन्ने प्रश्न छलफलमा उठेको एक मन्त्रीले जानकारी दिए ।
बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले सरकारले अहिले लिएको बाटो नै ठीक भएको निष्कर्ष निकालिएको बताए । साथै २५ गतेपछि लकडाउन के हुन्छ भन्ने भोलि मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३