काठमाडौं – लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बुधबार बस्दैछ । ११ बजेपछि बस्ने बैठकले चैत ११ देखि जारी लकडाउनबारे थप निर्णय गर्नेछ ।
एक मन्त्रीका अनुसार कम्तिमा पनि एक साता लकडाउन थप्ने तयारीमा सरकार छ ।
मंगलबार प्रधानमन्त्रीसहित बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको थियो । तर पछिल्लो समय कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरेर मोडल परिवर्तन गर्न सकिनेबारेमा समेत छलफल हुँदै आएपनि प्रधानमन्त्री केपी ओली लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तरता दिनुपर्ने पक्षमा छन् ।
लकडाउनको मोडलबारे प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाका भनाइ बाझिएका छन् । मन्त्री थापा लकडाउन लम्ब्याउन नहुने पक्षमा रहेका छन् भने प्रधानमन्त्री लकडाउलाई अझ कडा बनाउदै केही दिन लम्ब्याउने पक्षमा छन् ।
यसअघि घोषण गरेको लकडाउनको समय बैशाख २५ गते सकिँदै छ। नेपालमा कोरोना भाइरसबाट हालसम्म ८२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३