२४ घण्टायता अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ नाघेको छ भने २६ हजार ९ सय ६ वटा नँया केस दर्ता भएको छ । अमेरिकामा मृत्यदर निरन्तर उकालो लागिरहेको कारण अवस्था गम्भिर भएको छ ।
भाइरसको संक्रमणबाट अमेरिकामा कुल संक्रमितको संख्या १२ लाख ८३ भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या ७७ हजार एक सय ८० रहेको तथ्यांकले दखाएको छ ।
संक्रमणको केसहरु अमेरिकाको ५० वटै राज्यबाट आएकोे जनाइएको छ । भाइरसको संक्रमणमा रोक लगाउन अेमरिकामा समेत लकडाउनको अवस्थामा रहेको छ ।
देशको सम्पूर्ण कार्य टप्प हुँदा अमेरिकामा बेराजगारी दर समेत उकालो लागिरहेको छ । अमेरिकामा बेरोजगारको संख्या साढे दुई करोड पुगेको छ । बेराजगारी संख्यामा अमेरिका पहिलो स्थानमा रहेको छ भने दास्रो स्थानमा क्यानडा रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३