काठमाडौं – सरकारले विदेशमा मृत्यु भएका कामदारको परिवारसँग विदेशमै शवको अन्त्यष्टि गर्ने अनुमति दिन आग्रह गरेको छ ।
विदेशमा मृत्यु भएकाहरुको शब ल्याउन चासो नदिएको सरकारले शबहरु त्यस्तो अनुमति दिए सम्बन्धित परिवारलाई सान्तवना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
अहिले विदेशमा करिब १११ जनाभन्दा बढीको शब अलपत्र छ । कोभिड-१९ लागेर मृत्यु भएकाहरुको अन्त्यष्टी विदेशमै हुने भएपनि अन्य कारणले मृत्यु भएकाहरु परिवारले शव नेपाल आउने प्रतिक्षा गरिरहेका छन् ।
तर, वैदेशिक रोजगर बोर्डको सचिवालयले उनीहरुको शब विदशेमै अन्त्यष्टि गर्ने अनुमति दिन परिवारलाई बारम्बार आग्रह गर्दै आएको छ । बोर्डले सोमबार एक सूचना निकालेर विदेशमै रहेका आफ्ना नजिकका हकदारबाट अन्त्यष्टीका लागि सहमतिपत्र दिन आग्रह गरेको छ । श्रममन्त्री स्तरकै निर्णयबाट बोर्डले अन्तर्राष्ट्रिय उडानमा प्रतिवनध लागेपछि निधन भएका कामदारका परिवारलाई यस्तो सुविधा दिने निर्णय भएको बोर्डले जनाएको छ ।
अहिले नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित छ । नेपालमा दैनिक दुई श्रमिकको शव भित्रिने गरेको सरकारी तथ्यांकले देखाउँछ ।
कोरोनाबाट मृत्यु भएकाबाहेकको शव परिवारको सहमतिबिना विदेशमा अन्त्येष्टि गर्न पाइँदैन । लकडाउन लम्बिँदै जाँदा ती शव कहिले नेपाल आइपुग्छन् भन्ने स्पष्ट छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३