काठमाडौंँ – एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ ।
यस्तै, कुनै जिल्लाबाट काठमाडौँ कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृती लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । यस्तै अर्काे जिल्लामा जानका लागि पास दिँदा सम्बन्धित जिल्लाकाे प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर मात्र पास दिनु पर्नेछ ।
गृह मन्त्रालयका अनुसार देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै बिहीबारदेखि लागू हुने गरी यस्ताे निर्णय भएको हो । यसअघि कार्यालयको परिचयपत्र देखाएर आवतजावत गर्ने गरेकोमा अब सम्बन्धित निकायले जारी गरेको पासका आधारमा मात्र अनुमति पाइनेछ ।
सञ्चारकर्मीका हकमा भने सूचना विभागबाट जारी गरिएकाे पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३