ललितपुर – ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा प्रहरीले सिल गरेको छ। केही दिनअघि सुनसरीको झुम्काबाट भक्तपुर आएकी नर्समा कोरोना संक्रमण रहेको मंगलबार पुष्टि भएको थियो।
ती नर्सको सम्पर्कमा रहेकाको खोजी गर्दा उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गरेको देखिएपछि आरोग्य प्रतिष्ठान सिल गरिएको हो।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार हाल प्रहरी निरीक्षकको कमाण्डमा थप अनुसन्धानका लागि सिल गरिएको जानकारी दिएको छ।जिल्ला स्वास्थ कार्यालयले संक्रमितको सम्पर्कमा रहेकाले आरोग्य प्रतिष्ठानसँगै रहेको निदान अस्पतालमा पनि काम गरेको देखिएको बताएको छ। यस बिषयमा थप जानकारी लिइँदै गरेको स्वास्थ कार्यालयले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३