वीरगन्ज – बुधबार वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको बताए।
भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको उनले बताए। पर्साका प्रहरी प्रमुख एसपी दुर्गा पन्तले पनि दुईजनामध्ये एकजना सम्पर्कमा आएको र उक्त ठाउँमा प्रहरी टोली गइरहेको बताए।
‘एकजना सम्पर्कमा आउनुभयो भन्ने खबर आएलगत्तै हामी त्यस ठाउँतर्फ गइरहेका छौं,’ उनले भनिन्।
नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३