काठमाडौ – यूएईले भिसाको म्याद सकिएका र भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई जरिवाना माफ गरिदिने भएको छ ।
यसअघि मार्च १ पछि भिसाको अवधि सकिएकालाई लाग्ने जरिवाना माफी गर्ने भनिएकोमा बुधबार अर्को निर्णय गर्दै यूएईले मार्च १ अघि नै भिसा सकिएकालाई पनि लाग्ने जरिवाना माफ गर्ने बताएको हो । तर यसरी स्वदेश फर्कन चाहनेहरुले मे १८ देखि तीन महिनाभित्र यूएई छाड्नु पर्नेछ ।
यूएईको आईडीको म्याद सकिएको र श्रम अनुमति (वर्क परमिट)मा सकिएकाको पनि जरिवाना माफ हुने छ । यूएईले दिएको यो अवसरको फाइदा उठाएर स्वदेश फर्कनेले अवस्था समान्य भएपछि फेरि पनि यूएई फर्कन पाउनेछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३