ललितपुर – ललितपुर महानगरपालिका–६ का वडाध्यक्ष हिटलर शाक्यले बाहिर गएका डेरावाललाई घरमा प्रवेश गर्न नदिन वडा क्षेत्रका घरधनीलाई उर्दी जारी गरेका छन्।
शुक्रबार सूचना निकाल्दै शाक्यले वडा क्षेत्रमा भाडा लिएर बस्ने र लकडाउनको समयमा बाहिर जिल्ला वा विदेशबाट फर्किएका व्यक्तिहरुलाई अर्को सूचना आउँदासम्म प्रवेश निषेध गरिएको जनाएका छन्।
यस्तै वडाका घरधनीहरुलाई आफ्ना भाडावालाहरु विभिन्न कारणले घर गएको अवस्थामा तत्काल फोनमार्फत सम्पर्क गरी घरमा प्रवेश नदिने व्यहोरा जानकारी गराउन भनेका छन्। वडाध्यक्षले जारी गरेको सूचना प्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध गरिरहेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७