काठमाडौं – बिहीबार साँझ थप थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै ६ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले विहान ३ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । कपिलवस्तु घर भई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत बालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक पुरुष र नवलपरासी पूर्वका ४९ वर्षका पुरुषमा पनि बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३