बाँके – एउटै टोलका २५ जनामा कोरोना संक्रमण देखिएको नेपालगन्जमा लकडाउन विस्तारै खुकुलो हुँदै गएको छ। यहाँका अधिकांश बैंक सञ्चालनमा आएका छन्। पसल खुल्ने क्रम पनि तीव्र रुपले बढ्दै गएको छ।
त्रिभुवन चोक, सदरलाइन, न्युरोड, सेतु विक चोक, बसपार्क रोडका पसल आधा खुलेका छन्। कारोबार भइरहेका छन्। बाँके प्रशासनले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक सामान किनमेलका लागि खाद्यान्न र तरकारी पसल खोल्ने अनुमति दिएपछि यो अवधिमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, फेन्सी, कपडा, शृंगार, हार्डवेयरका पसल समेत सञ्चालनमा आउने गरेका छन्।
रानीतलाउ, बिपी चोक र त्रिभुवन चोकका तरकारी मण्डी सिल गरिएपछि यहाँ ठेलामा तरकारी व्यापार फस्टाएको छ। व्यापारीले ठेलामा बिपी, त्रिभुवन चोक, भेरी अस्पताल अगाडी, धम्बोझी, समशानघाट अगाडि, फुल्टेक्रालगायत चोक र सडकमा तरकारी बिक्री गर्दै आएका छन्। न त तरकारी खरिद गर्न गएका सर्वसाधारणले सामाजिक दूरी पालना गरेका देखिन्छन् न त व्यापारी नै।
खुलेआम सर्वसाधारण हिँडेको देख्दा नेपालगन्जमा लकडाउन छैन भन्ने भान हुन्छ,’ नेपाल–भारत मैत्री संघका अध्यक्ष प्रदीप गुप्ताले भने, योभन्दा त लकडाउन पूरै खोलिदिए हुन्थ्यो।’ बैंक र पसल संचालनमा आएपछि नेपालगन्जमा सर्वसाधारणको अत्यधिक भीड लाग्न थालेको उनले बताए। अधिक भीड भए पनि प्रहरी प्रशासन मौन बस्दा भीडभाड गर्नेलाई बल पुगेको छ।
चार घण्टाको समयमा नेपालगन्ज पूरै खुला देखिन्छ, तरकारी, फलफूल, खाद्यान्नका पसल भरिभराऊ हुन्छ,’ उनले भने, अन्य पसल पनि फाटफुट खुल्न थालेका छन्।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३