विराटनगर – विराटनगरका एक औषधि व्यावसायी मृत भेटिएका छन् । विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल मृत भेटिएका हुन ।
आइतबार बिहान मृत भेटिएका दुलालको शरीरमा निलडाम छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मृतकको शरीरमा निलडाम भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको उनले बताए । ‘शरीरमा निलडाम देखिएकाले अनुसन्धान सुरु गरेका छौं’ उनले भने ‘पोष्टमार्टमपछि थप विषय खुल्छ ।’
दुलाल शनिबार राति अबेरसम्म विराटनगरका दुईजना साथीसँग बसेका थिए । राति अबेर डेरामा सुतेका उनी विहान अचेत अवस्थामा भेटिएका थिए ।
देवी माँ पाथीभरा फर्मा सञ्चालन गर्दै आएका उनी राति सुतेकै ठाउँमा अचेत अवस्थामा भेटिएपछि श्रीमतीले आइतबार बिहान करिब ३ बजे कोशी अस्पताल ल्याएकी थिइन् ।
मृतक दहालको नाक, हात, घाँटी र आँखाको डिलमा चोट देखिएपछि प्रहरीले सोधपुछका लागि श्रीमती र शनिबार रातिसँगै बसेका दुईजनालाई नियन्त्रणमा लिएको छ । दुलालका श्रीमती र ८ वर्षका छोरा छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३