काठमाडौं – कोरोना भाइरसको सन्त्रासका बीच खाद्य सामग्रीमा उल्लेख्य मूल्यवृद्धि भएको छ ।
नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिना (साउन–चैत)सम्मको आंकडा अनुसार खाद्य तथा पेय पदार्थ समूहको मूद्रास्फीति ९.६८ प्रतिशत पुगेको छ ।
राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । यस अवधिमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशतको मूल्यवृद्धि भएको छ । तराईमा ७.०४, पहाडमा ५.८४ र हिमालमा ४.८३ प्रतिशतको मूल्यवृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ को चैतसम्म यी क्षेत्रमा क्रमशः ४.७४, ३.९५, ४.८० र ६.२० प्रतिशतको मूल्यवृद्धि रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३